कांग्रेसलाई पूर्वराष्ट्रपति यादवको सुझाव, विपीको योगदानलाई कदर गर्नु

६ साउन ०७४, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसलाई विपी कोइरालाको योगदानलाई कदर गर्न जनताको घरदैलोमा जान सुझाव दिएका छन् ।

विपी कोइरालाको ३५ औं समृद्धि दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले कोइरालाको योगदानलाई बेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामा परेको भन्दै कांग्रेसलाई कोइरालाको योगदान कदर गर्न जनताको घरदैलोमा जान सुझाएका हुन् ।

पूर्वराष्ट्रपति यादवले चरणवद्ध चुनाव हुँदा पनि कांग्रेस जनतामा नगएकाले मुलुकको राष्ट्रियता कमजोर बन्न पुगेको धारणा राख्दै विपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्मरण गरेमात्र पनि मुलुकका सबै समस्या समाधान हुने दावी समेत गरे ।

तपाइको मत