कांग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने

४ साउन ०७४, काठमाडौं । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ९ मन्त्रालय लिने गरी मन्त्रालयकाे टुङ्गो लगाएका छन् ।

मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादी केन्द्रका  शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुङ्गाे लगाएको हो ।

स्राेतका अनुसार भौतिक पूर्वाधार कांग्रेसले राखेको छ भने माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय लिने भएको छ ।

माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ ।

सत्तारुढ दुई दलबीच प्रदेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने दुई दल बीच सहमति भएकाे हाे ।

तपाइको मत