कांग्रेस–एमाले-विप्लवकाे गठबन्धनलाई उछिन्दै थवाङमा माअाेवादीका घर्ती विजयी

१६ असार ०७४, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर घर्तीले १९९० मत ल्याएर विजयी भएका छन् ।

कांग्रेस–एमाले-विप्लवकाे गठबन्धनलाई उछिनेर माओवादी केन्द्रका घर्ती विजयी बनेका हुन् ।

यहाँ स्वतन्त्रबाट उठेका तर कांग्रेस–एमालेले सघाएका विप्लवका उम्मेदवार दोस्रो भएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी रामकिरणी रोका विजयी भएकी छन् । उनले १९६७ मत पाएकी छन् ।

तपाइको मत