कांग्रेस पहिलो बडे राजा, एमाले दोस्रो र हाम्रै सहगोत्री माओवादी तेस्रो बडेराजा – किरण

५ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले देशमा नयाँ-नयाँ राजाको जन्म भएको बताएका छन् ।

क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगेको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देशमा नयाँ-नयाँ राजाको जन्म भएको बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष किरणले शान्ति सम्झौता गलत ढंगले भएको बताउँदै अहिले कांग्रेस पहिलो बडे राजा, एमाले दोस्रो र हाम्रै सहगोत्री माओवादी तेस्रो बडेराजा तीन बडे राजा भएको बताए ।

उनले माओवादी केन्द्रको नेतृत्व पटक-पटक सरकारमा पुगे पनि शान्ति सम्झौता इमान्दारीताका साथ पालना नगरेको कारण माओवादी जनयुद्धको उपलब्धी संसदमा पुगेर टुंगिएको बताए । साथै, जनयुद्धका शहिद, वेपत्ता, घाइते अपांगका सपना पूरा नगरेसम्म शान्ति र संविधानको औचित्य नहुने बताए ।

तपाइको मत