कांग्रेस सङ्क्रमणकाल लम्ब्याउने षडयन्त्रमा लाग्यो – प्रधानमन्त्री ओली

२१ असार, काठमाडौं ।

Congress & Maoist Centreप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसमाथि डेढ वर्षभित्र तीन तहको निर्वाचन गरेर संविधानको कार्यान्वयन गर्नु पर्ने अवस्थामा संक्रमणकाल लम्ब्याउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

मंगलबार नेपाल परिवार दलको काठमाडौंमा सुरु भएको दोस्रो महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्ने खेलमा नलाग्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फ लक्षित गर्दै छेउँछाउँमा बसेर सरकार ढले हुन्थ्यो भनेर चाहना राख्नेहरुको इच्छा पूरा नहुने पनि बताए ।

यसैगरी प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई कांग्रेसको बहकाउमा लागेर सरकार ढाल्नतिर लागे त्यसको परिणाम आगामी चुनावमा देखिने चेतावनी दिदै  आफ्नो आग्रहलाई सरकार टिकाउन खोजेको रुपमा नलिन ध्यानाकर्षण गराए ।

आफूले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई ढलाए ‘पाप’ लाग्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘एक गायकले गाएको सुनेथें- पाप लाग्ला है…। म भन्न चाहन्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला । चुनाव आउँदैछ जनताले हेरिरहेका छन् ।’

तपाइको मत