कांग्रेस सभापति देउवालाई अदालतविरुद्ध नबोल्न सर्वोच्चले सचेत गरायो !

२८ जेठ, काठमाडौं । कांग्रेस सभापति देउवाले पार्टी निकट वकिलहरुसँग अदालतविरुद्ध बोलेको अभिव्यक्ति बाहिर आएपछि सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गरेर देउवालाई सचेत गराएको छ ।

सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्चले देउवाको नाम नलिई भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकूल नबोल्न चेतावनी दिँदै पेशीमा नचढेको र सुनुवाइ नभएको विषयलाई राजनीतिक दलको नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिहरुबाट दिइएका अभिव्यक्ति भनी हालै विभिन्न सञ्चार माध्यमहरुमा प्रेसित समाचारहरुप्रति अदालतको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘कानूनी राज्यको अवधारणालाई साकार तुल्याउन रचनात्मक तथा सिर्जनात्मक सहयोग गर्नु हुन तथा भ्रामक, अवास्तविक तथा स्वतन्त्र न्यायालयको मान्यता प्रतिकूलका अभिव्यक्ति एवं प्रचार प्रसार नगर्नु हुन सम्वद्ध सबैमा सर्वोच्च अदालत हार्दिक अपील गर्दछ’ सर्वोच्चको विज्ञप्तिमा भनिएको छ ।

तपाइको मत