काठमाडौँ क्षेत्र न.९ मा चुनावी प्रचारमा तिब्रता,निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । क्षेत्र न.९ मा लोकतान्त्रिक वाम गठबन्धनले  चुनावी प्रचारमा तिब्रता दिएको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो उम्मेदवारलाई बिजयी गराउने उदेश्यअनुरुप नेपाली कांग्रेसका वडा सभापति रामहरि मरहट्ठाको अध्यक्षतामा सम्पन्न भेलाले उनको  सयोजकत्वमा १०१ सदस्य वडा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

यो क्षेत्रमा पहिलो पटक वडास्तरीय  निर्वाचन परिचालन समिति निर्माण भएको हो भने यस कार्यलाई सबै वडासम्म पुर्याइने गठबन्धनकी साझा उम्मेदवार कल्पना धमलाले जानकारी दिइन् ।