१९ भदौ ०७४, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ केजी अवैध सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रसुवाको केरुङ नाकाबाट भित्र्याइएको अवैध ८८ केजी सुनसहित गाडीका चालक क्षेत्रपाटीबाट पक्राउ परेको हो । मकवानपुरका २४ वर्षीय चालक मनोज अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंले गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले निगरानी राखेको थियो । राति २ बजे काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेर राखेको बा १७ च ६४२७ नम्बरको टाटा सफारीबाट ८८ केजी सुन बरामद भएको थियो । सुनलाई
स साना बिस्कुट आधारका प्लास्टिकले र्याप गरिएको थियो ।
पक्राउ परेको सुनको मुल्य ४३ करोड रुपैयाँभन्दा बढीको रहेको छ । यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।