अघिल्ला दिनको तुलनामा आइतबार र सोमबार चिसो बढ्यो

१७ पुस, काठमाडौं ।  काठमाडौं उपत्यकासहित देशभर फाट्टफुट्ट पानी पर्ने क्रम पनि जारी रहेसँगै अघिल्ला दिनको तुलनामा आइतबार र सोमबार चिसो बढेको छ ।

उच्च पहाडी भेग र हिमाली भेग जुम्ला, रसुवा, ताप्लेजुङ, दोलखामा हिउँ परिरहेको छ । काठमाडौं उपत्यकामा शनिबार साँझदेखि नै पानी पर्ने र रोकिने क्रम जारी छ । शनिबार सबैभन्दा बढी ताप्लेजुङमा ६ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार काठमाडौंमा अहिलेसम्मकै जाडो भयो । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार काठमाडौंमा शनिबार ४.५ डिग्री न्युनतम तापक्रम थियो । आइतबार बिहान भने ५ डिग्री मापन गरिएको छ ।

तपाइको मत