
बेलायती राजकुमार ह्यारी
६ चैत, काठमाडौं । पाँच दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल भ्रमण कूटनीतिक मात्र नभई व्यक्तिगत पनि भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि ह्यारी नेपाल र बेलायतको द्विपक्षीय सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ तथा आफ्नो सम्मानमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा सैनिकको खुलेर प्रशंसा गरे ।
नेपाल र बेलायतको सम्बन्ध स्थापना भएको २०० वर्षगाँठको अवसरमा रानीले आफूलाई नेपाल जान अनुरोध गरेपछि नेपाल आउन निकै उत्सुक बनेको बताए ।
राजकुमार ह्यारीले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।