काठमाडौं र पाेखरा महानगरकाे पार्किङ शुल्कमा भारी अन्तर

२ साउन ०७४, कास्की । काठमाडौं महानगरपालिकाले एक घण्टाका पार्किङ गर्दा १५ देखि २०० रुपैयाँ शुल्क उठाउने निर्णय गरिरहेका बेला पाेखरा महानगरपालिकाले महानगरभित्र पार्किङ गर्दा उठाउँदै आएको दस्तुर घटाएको छ ।

पाेखरा महानगरले आर्थिक वर्ष २०७४/७५ को आर्थिक ऐनमार्फत मोटरसाइकल पार्किङ गर्दा लाग्ने शुल्क घटाएको हो ।

यस महानगरपालिकाले मोटरसाइकल पार्किङ गर्दा प्रदिदिन प्रतिमोटरसाइकल ७ रुपैयाँ शुल्क उठाउँथ्यो । तर, आर्थिक वर्ष ०७४/७५ मा भने महानगरले मोटरसाइकल पार्किङ गर्दा प्रदिदिन प्रति मोटरसाइकल ५ रुपैयाँ मात्रै शुल्क लिने जनाएको छ ।

महानगरले अन्य सवारीसाधन पार्किङमा लाग्ने शुल्क भने यथावत राखेको छ ।

महानगरले पारित गरेको आर्थिक ऐन अनुसार पोखरा महानगरभित्र बस, ट्रक तथा मिनिबसले २५ रुपैयाँ, ट्याक्सी, भ्यान, माइक्रोबसले २० रुपैयाँ, ट्याक्टरले १० रुपैयाँ, निजी जिप कारले १५ रुपैयाँ र मोटरसाइकल तथा स्कुटरले ५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ ।

तपाइको मत