कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने

८ साउन ०७५, काठमाडौं ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तामाङलाई राजीनामा दिन निर्देशन दिएसँगै उनले दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिने भएका हुन् ।

स्रोतका अनुसार उनले आफ्नो अभिव्यक्तिप्रति माफि मागिसकेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका शीर्ष नेताहरुले तामाङलाई बोलाएर छलफल गरी राजीनामाका लागि दवाव दिएका थिए ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे  सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादित बनेका थिए ।

तपाइको मत