२३ साउन ०८१, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेलमा नेपालले २ सेट र भारतले १ सेट हात पारेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको खेलमा पहिलो सेट नेपालले २५–२३ ले जित निकालेको थियो भने दोस्रो सेट २५–१४ अंकको अन्तरमा भारतले जित निकालेको थियो यस्तै तेस्रो सेटमा नेपालले भारतलाई २५–२२ ले पराजित गरेको छ ।