गृहमन्त्रीलाई कारागार कार्यालय नख्खु, ललितपुरबाट खुला पत्र

२६ भदौ ०७४, ललितपुर । नख्खु कारागार, ललितपुरमा बन्दी रहेका कुमार तामाङले गृहमन्त्रीलाई खुला पत्र पठाएका छन् ।

उनले हाल गृह मन्त्रालयमा कार्यरत नायब सुब्बा लक्ष्मीप्रसाद तिमिल्सिनाले आफूसँग ८० हजार रुपैयाँ लिएको भन्दै फिर्ता पाउन माग गरेका छन् ।

बन्दी लामाले नख्खु कारागारका बन्दीहरुलाई नासु तिमिल्सिनाले दुःख दिएको भन्दै कारवाहीको माग समेत गरेका छन् ।

पत्रको पूर्णपाठ :

 

को हुन् नायव सुब्बा लक्ष्मीप्रसाद तिमिल्सिना ?

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले कृषि विकास बैंकको रु. ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न बैंकको स्वयम्भू शाखामा कार्यरत तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमसहित नौ जनालाई २०७२ भदौ १० गतेसम्ममा पक्राउ गरेको थियो ।

व्यूरोको टोलीले गौतमकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंककी लेखापाल गीता पन्त, भरतबहादुर बानिया, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा, सन्दिप गुप्ता, रामकुमार कुम्हारलाई विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको थियाे ।

पक्राउ परेकालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न पुनरावेदन अदालत, वाणिज्य ईजलाश, पाटनमा व्युरोले पेश गरेको थियो ।

स्वयम्भूमा कार्यरत तत्कालिन शाखा अधिकृत गौतम र रामेछाप जिल्ला घरभई हाल भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजनाअनुसार गौतमले असोज महिनामा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चार वटा नक्कली खाता खोलेको अनुसन्धानको क्रममा खुलेको व्युरोले जनाएको थियो ।

यसैगरी तत्कालिन शाखा अधिकृत गौतमलाई तेजबहादुर थापाको नाममा नक्कली नागरिकता र राहदानी बनाउन सहयोग गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नायव सुब्बाद्वय लक्ष्मीप्रसाद तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजनकुमार नयाँजु र लेखनदास कृष्णबहादुर कटुवाल विरुद्ध पनि व्युरोले मुद्दा दायर गरेको थियो ।

गौतमलाई तेजबहादुर थापाको नाममा भक्तपुरमा झूठो बसाइँसराइको कागज तयार गरी सोहीका आधारमा आफ्नो फोटो टाँसी तेजबहादुर थापाको नामको नागरिकताको प्रतिलिपि बनाई तेजबहादुर थापाकै नामको राहदानीसमेत दिलाउन सहयोग गरेको कसूरमा नायव सुब्बा तिमिल्सिना र देउबञ्जार, कार्यालय सहायक नयाँजु र लेखनदास कटुवाल (चारजना)विरुद्ध व्युरोले मुद्दा दायर गरेको ‘रासस’को समाचार राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा समेत प्रकाशित भएको थियो ।

उनीहरु उपर नागरिकता ऐन, २०६३ बमोजिम अनुसन्धानकार्य सम्पन्न गरी सम्मानित भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतसमेत पर्ने भएकाले थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको थियो ।

नख्खु कारागार प्रमुख के भन्छन् ?

नख्खु कारागार प्रमुख टेक बहादुर केसीले नागरिकता किर्ते काण्डमा मुछिएका लक्ष्मीप्रसाद तिमिल्सिना धरौटीमा रिहा भएको केही समयपछि नख्खु कारागारमा सरुवा भई आएको बताए ।

२०७२ भदौमा कृषि विकास बैंकको रु. ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न सो बैंकका तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमसँगै बन्दी रहेका नायव सुब्बा लक्ष्मीप्रसाद तिमिल्सिना रिहा भएपछि नख्खु कारागारमा सरुवा भएर गएसँगै बन्दी केदारप्रसाद गौतमसँग बाक्लो उठबस रहेको र उनले कैयन सबुत प्रमाण समेत नष्ट गरेको हुनसक्ने कारागार प्रमुख केसीले बताए ।

नख्खु कारागारबाट गृहमन्त्रालयमा सरुवा भएका नायव सुब्बा तिमिल्सिनाले हाल मन्त्रालयमा बसेर निजी सचिवालयलाई समेत प्रभावमा पारेर बेनामे उजुरी मार्फत् बन्दीहरु र नख्खु कारागार प्रमुखको विरुद्धमा समेत मन्त्रालयमा चलखेल गर्न थालेको स्रोतको दावी छ ।

नायव सुब्बा तिमिल्सिनाले मन्त्रालयमा बसेर आफू अनुकूलका बन्दीहरुलाई उक्साएर बन्दी–बन्दीहरु बीचमा विवाद सिर्जना गराई दुःख दिन थालेको भन्दै बन्दीहरुले कागारारको वास्तविकता बुझ्न सरोकारवाला निकायलाई नख्खु कारागारको अनुगमनमा आउन समेत अनुरोध गरेका छन् ।

कृषि विकास बैंकको रु. ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा रहेका संलग्न केदारप्रसाद गौतम भने हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

त्यस्तै हाल गृह मन्त्रालयमा कार्यरत नायव सुब्बा तिमिल्सिनाको पाटन अदालतमा तारिख रहेको स्रोतको दावी रहेको छ ।

तपाइको मत