कार्कीले पूर्वसभामुख नेम्वाङको चर्को ओलाचना गरे

८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वसभामुख सुवास नेम्वाङको चर्को ओलाचना गरेका छन् ।

‘नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव ?’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै शुक्रबारको बैठकमा भनेका थिए, ‘अचम्मको कुरा त के छ भन्दा सरकार सञ्चालन गर्न, निर्देशन ठीक ढंगले गर्न राजनीतिक संयन्त्र बनेको थियो । संयोजकको नाम ठ्याक्कै अविश्वासको प्रस्ताव प्रस्तुतकर्तासँग मिल्छ । उहाँ नै हो कि के हो ? मलाई थाहा भएन । उहाँ नै हो भने अप्ठ्यारो पर्छ ।’

‘उहाँ मलाई केही थाहा छैन । मत जान्दिनँ भन्नुहुन्छ र एकछिनपछि हामीले भनेको बाटोमा गएन भने परिणाम खतरनाक हुन्छ भनेर संसदलाई तर्साउनु हुन्छ’ नेम्वाङको तर्कको खण्डन गर्दै नेता कार्कीले भने, ‘यसरी सार्वभौम संसदलाई तर्साउने अधिकार तपाईलाई कसले दियो ?’

अहिले संसद भन्दा बलियो संस्था नेपालसँग कुनै नभएको बताउँदै कार्कीले भने, ‘संसदले एउटा निर्णय गर्‍यो भने तर्साउने ?’ यसले सबै कुर्सी फेरिदिन सक्छ । संसदभन्दा माथि कोही छ ? देखाउनुस् । राजतन्त्रलाई हामीले विदा गरिसक्यौं ।’

तपाइको मत