३१ भदौ ०७६, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।
गत बुधबार लाहाचोकमा रहेको गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा मंगलबार माछापुच्छ्रे–१ का वडा अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् ।उनीहरुलाइ वडा प्रहरी कार्यालय बगरले पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको हो ।
गाउँपालिकाले तोडफोडमा संलग्न भएको भन्दै गएको गत शुक्रबार ४ जनाविरुद्ध जाहेरी दिएको थियो ।
सूचना माग गर्दा पर्याप्त रुपमा नदिएको भन्दै कांग्रेस गाउँपालिका सभापति खुसीमान गुरुङको नेतृत्वमा ४०–४५ को संख्यामा पुगेका कार्यकर्ताको टोलीले बुधबार गाउँपालिका कार्यालय तोडफोड गरेका थिए ।













