कावासोतीका मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो दलियो

२९ भदौ ०७४, काठमाडौ । कावासोतीका मालपोत कार्यालय प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् ।

३ जनाको समूह प्रमुखको कार्यकक्षमै प्रवेश गरी भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् ।  कालोमोसो दल्ने सबै फरार छन् ।

कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखिएको पर्चा भेटिएको थियो ।  पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।

तपाइको मत