एकतामा किरण ल्याउने अन्तिम प्रयासमा बादल !

२८ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको रामबहादुर थापा ‘बादल’ समूहको केन्द्रीय समितिको बैठक कुपण्डोलमा बसेको छ । मंगलबार बसेको बैठकले अध्यक्ष मोहन वैद्य ‘किरण’लाई एनेकपा माओवादीसँगको पार्टी एकतामा ल्याउन अन्तिम प्रयास गर्ने गरी बैठक स्थगित भएको छ ।

Kiran and badalबादल समूहले एनेकपा माओवादीसँगको पार्टी एकता बहुमतले निर्णय गर्ने भन्दै मंगलबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

स्रोतकाअनुसार बादल समूहले बोलाएको बैठकमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ समूहको केन्द्रीय सदस्यहरु अनुपस्थित भएपछि थप एकदिन सहमतिका लागि अन्तिम प्रयास गर्ने भन्दै बादल समूहले आजको बैठक स्थगित गरेको छ । र, महासचिव बादल लगायतको टीम अध्यक्ष किरणसँग पार्टी एकताबारे अन्तिम छलफल गर्न भन्दै भेटघाट गर्न जुटेका छन् ।

क्रान्तिकारी माओवादीका नेता कुलबहादुर केसी ‘सोनाम’का अनुसार नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा आज बसेको बैठकमा महासचिव बादलले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेका छन् ।

नेता सोनामले पार्टीका बहुमत सदस्य एमाओवादीसँग एकता गर्नुपर्ने पक्षमा रहेको बताउँदै अध्यक्ष लगायतको टीमलाई पनि एकताका लागि मनाउन अन्तिम प्रयास गर्ने र एकतामा सहमति नभए पनि पार्टी एकता नरोकिने बताए ।

यस अघि अध्यक्ष किरणले एनेकपा माओवादीसँग पार्टी एकता गर्न बसेको बैठक गत चैत २७ गते एक महिनाका लागि भनेर स्थगित गरेका थिए ।

तपाइको मत