२ साउन ०७५, कैलाली । लम्की चुहा नगरपालिकास्थित रोरा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो नुहाउन गएका लम्की चुहा नगरपालिका–२ बगौराका २३ वर्ष संगीता ढकाल र १४ वर्षकी पुष्पा धमलाको नदीमा डुबेर मृत्यु भएको हो ।
नदीमा नुहाउन गएका उनीहरु डुबेको खबर पाएपछि स्थानीय र प्रहरीले उद्धार गरे पनि अस्पताल नपु¥याउँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।