३० बैशाख ०७७, बुटवल । जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय भएको जानकारी दिए ।
प्रजिअ पौडेलकाअनुासर कोभिड–१९ को उच्चजोखिम भएसँगै जिल्ला सिल गर्ने निर्णय भएको हो ।
उनले भने, “यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेछ ।”
कपिलवस्तुमा थप दश जना संक्रमित पुष्टि भएसँगै जिल्लामा संक्रमतिहरूको संख्या १५ पुगेको छ ।
सबै संक्रमतिहरूको अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।