१ जेठ ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना भाइरस संक्रमित थप १८७ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयकाअनुसार शनिबारसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ ।