१ बैशाख ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट एक लाख १४ हजार मानिसको ज्यान गइसकेको छ भने अठार लाख ५३ हजार भन्दा बढी संक्रमित रहेको जनाइएको छ ।
सोमबार बिहानसम्म विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सीडीसी, एनएचएस साथै जेएचयु सीएसईईकाअनुसार एक लाख १४ हजार २ सय ४७ जना कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
विश्वभर अठार लाख ५३ हजार १ सय ५५ जना संक्रमित देखिएकोमा चार लाख २३ हजार ६ सय २५ जना निको भइसकेको जनाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । पछिल्लो रिर्पोटअनुसार अमेरिकामा २२ हजार १ सय १५ जना मानिसको मृत्यु भइसकेको छ । यहाँ पाँच लाख ६० हजार ४ सय ३३ जनालाई कोरोना संक्रमण देखिएकोमा ३२ हजार ६ सय ३४ जना निको भइसकेका छन् ।
यस्तै कोरोना संक्रमणबाट इटालीमा उन्नाइस हजार ८ सय ९९ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा सत्र हजार २ सय जना, फ्रान्समा चौध हजार ३ सय ९३ जना, बेलायतमा दश हजार ६ सय १२ जना, इरानमा चार हजार ४ सय ७४ जना, चीनमा तीन हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी बेल्जियममा तीन हजार ६ सय जना, नेदरल्याण्डमा दुई हजार ७ सय ३७ जना, जर्मनीमा तीन हजार २२ जना, स्वीटजरल्याण्डमा एक हजार १ सय ६ जना, ब्राजिलमा एक हजार २ सय ३० जना, टर्कीमा एक हजार १ सय ९८ जनाको मृत्यु भएको छ ।
यस्तै स्वीडेनमा ८९९ जना, क्यानाडामा ७१७ जना, पोर्चुगलमा ५०४ जना, अष्ट्रियामा ३५० जना, इण्डोनेसियामा ३७३ जना, इक्वेडरमा ३३३ जना, आयरल्याण्डमा ३३४ जना, डेनमार्कमा २७३ जना, रोमानियामा ३१६ जना, दक्षिण कोरियामा २१७ जना, फिलिपिन्समा २९७ जना, पोल्याण्डमा २३२ जना, मेक्सिकोमा २९६ जना, भारतमा ३३१ जना, पेरुमा १९३ जना, डोमिनिकनमा १७३ जना, चेकियामा १३८ जना, जापानमा १२३ जना, नर्बेमा १२८ जना, इजरायलमा १०३ जना, मलेसियामा ७६ जना, सर्बियामा ८० जना, रसियामा १३० जना, युक्रेनमा ८३ जना, पाकिस्तानमा ९१ जना, पानामामा ८७ जना, कोलम्बियामा १०९ जना, अष्ट्रेलियामा ६१ जना, लक्जम्वर्गमा ६६ जना, चिलीमा ८० जना, साउदी अरेबियामा ५९ जना, फिन्ल्याण्डमा ५६ जना, थाइल्याण्डमा ३८ जना, दक्षिण अफ्रिकामा २५ जना, युएईमा २२ जना, सिंगापुरमा ८ जना, कतारमा ७ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म नेपालमा स्वास्थ्य मन्त्रालयकाअनुसार १२ जनामा संक्रमण देखिएकोमा ३ जना भारतीय नागरिक रहेको र १ जना निको भइसकेको छ ।
(स्रोत : डब्लुएचओ, सीडीसी, एनएचएस, जेएचयु सीएसईई)