२१ कार्तिक ०८०, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक प्रयोग नभई म्याद सकिने अवस्थामा पुगेको छ ।
चीन सरकारबाट अनुदानमा २०७८ बैशाख १२ र १४ गते आएको कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप प्रयोग नभई म्याद सकिन लागेको हो ।
बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् ।
वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।
व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि उक्त मात्रा खोपको म्याद सकिनै लागेको बताए । उनले अब ती खोप प्रयोग गर्न नसकिने बताए ।
शर्माले भने, ‘अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अब हामी प्रयोग गर्न सक्दैनौं ।’
ती खोपको म्याद आगामी पुस ७ गते सकिँदैछ ।