कोरोना जोखिम कम भएका देश जान चाहनेलाई श्रम स्वीकृति दिइने

१७ भदौ ०७७, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) कम जोखिम भएका देशमा जान चाहनेलाई श्रम स्वीकृति दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले कोरोना महामारीसँगै रोकिएको श्रम स्वीकृति खुलेको भन्दै कम जोखिम भएका देशमा जान चाहनेलाई श्रम स्वीकृति दिने बताएका हुन् ।

उनले पुनः श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट लिन सकिने बताउँदै श्रम स्वीकृति लिन हतार नगर्न भनेका छन् ।

हाल काठमाडौँ उपत्यकामा निषेधाज्ञा रहेकाले तत्काल श्रम स्वीकृति लिने अवस्था छैन् तर नयाँ श्रम स्वीकृतिका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता रहेको छ ।

यद्यपि, सरकारले गत असार १८ देखि नै पुनः श्रम स्वीकृति खुला गरिसकेको छ ।