कोरोना संक्रमण रोक्न राजविराज नगरपालिकाले एन्टीभाइरस स्प्रे छर्किदै

१८ चैत ०७६, सप्तरी । कोरोना भाइरसको संक्रमण रोक्न राजविराज नगरपालिकाले नगरका सबै वडामा एन्टीभाइरस स्प्रे (किटनाशक औषधि) गर्न शुरु गरेको छ ।

नगरपालिकाले आइतबारदेखि बारुणयन्त्रमार्फत् नगरका सबै वडामा एन्टीभाइरस स्प्रे सुरु गरेको हो ।

लकडाउनको अवस्थामा सर्वसाधारण घरमै बस्ने भएकाले एन्टीभाइरस स्प्रे छर्किन र सार्वजनिक स्थलको सरसफाई गरी फोहोर मैला व्यवस्थापन गर्ने कार्य शुरु गरीएको नगर प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए ।

स्प्रेले कोरोनाको संक्रमणबाट जोगाउन मद्दत पु¥याउने भन्दै उनले काममा खटिएका कर्मचारी र सफाईकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री समेत उपलब्ध गराइएको बताए ।

कोरोना त्राससँगै केही दिनयता नगरमा लामखुट्टेको आतंक समेत बढेकाले नियन्त्रणका लागि गरिएको प्रयास सह्रानीय रहेको स्थानीय अमरनाथ मण्डलले बताए ।

यस्तै आइतबारसम्म सप्तरीका विभिन्न २३ वटा स्थानमा बनाइएका क्वारेन्टाइनमा १२ महिलासहित १ सय १५ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जानकारी दिएका छन् ।

जिल्लामा विभिन्न अस्पताल र स्थानीय तहहरु समेत गरी ४ सय शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । भने, ती क्वारेन्टाइनहरुमा कतार, मलेशिया र भारतको विभिन्न सहरमा रोजगारीमा रहेर हालै फर्किएकाहरु छन् ।