२१ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमित ६ जना थपिएसँगै कोरोना संक्रमित संख्या ७५ पुगेको हो ।
थपिएका संक्रमितहरु नेपालगंज–८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरू साथै ४०, ५५, ६० वर्षका महिलाहरू रहेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डा.अधिकारीले निजहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताएका छन् ।