५ भदौ ०७७, ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित ११ जनाको निधन भएको बताएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ महिला र १० जना पुरुष गरी कूल ११ जना कोरोना संक्रमितको निधन भएको बताएका हुन् ।
उनले मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरी ११ जिल्लामा एघार जनाको निधन भएको जानकारी दिए । योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या १३७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको र योसँगै कूल संक्रमित ३० हजार ४८३ पुगेको जानकारी दिँदै उनले नेपालमा सक्रिय संक्रमित १२ हजार १३२ रहेको बताए ।