३० माघ ०८१, विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
बुधवार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले ६२ लाख ३७ हजार रुपैयाँ पराजुलीले भ्रष्टाचार गरेको ठहर गर्दै त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना र ६ वर्ष कैद सजाय सुनाएको हो ।
पराजुली पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको मुद्दामा दोषी ठहर भएका हुन् । बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।