क्यानको चुनाव असोज पहिलो साता

२५ साउन ०७६, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनाव असोज पहिलो साता हुने भएको छ ।

चुनाव प्रक्रियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बनाएको स्वतन्त्र समितिले केन्द्रीय साधारणसभा असोज ३ र ४ गते (सेप्टेम्बर २० र २१) गर्न प्रस्ताव गरेको हो ।

जिल्ला, प्रदेश हुँदै केन्द्रको चुनाव भएर निर्वाचित क्यानले नयाँ कार्यासमितिलाई कार्याभार हस्तान्तरण गरेपछि क्रिकेट संघ निलम्बनको बाटो खुल्नेछ ।

साउन पहिलो साता बसेको आईसीसीको साधारणसभाले नेपालले निर्वाचन प्रक्रिया पुरा गरे बोर्ड बैठकले निलम्बन फुकुवा गर्न सक्ने अधिकार दिइसकेको छ ।

क्रिकेट संघमा अहिले प्रादेशिक चुनाव भइरहेको छ ।

तपाइको मत