क्रान्तिकारी माओवादीका अध्यक्ष किरण र प्रधानमन्त्री प्रचण्ड बीच समसामयिक विषयमा छलफल

baidya-prachanda
२६ मंसिर, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा क्रान्तिकारी माओवादीका अध्यक्ष किरण र प्रधानमन्त्री प्रचण्ड बीचको भेटमा समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे छलफल भएको हो ।
आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका क्रान्तिकारीका अध्यक्ष किरणले प्रधानमन्त्री प्रचण्डलाई ६२ औं वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको शुभकामना समेत दिएका थिए ।

तपाइको मत