क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला असार ६ गतेदेखि

५ असार, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले असार ६ गतेदेखि राजधानीमा राष्ट्रिय भेला गर्दैछ । भेला उद्घाटन कार्यक्रममा उसले कुनै पनि राजनीतिक दलहरुलाई आमन्त्रण नगरिने निर्णय समेत गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले रामबहादुर थापा ‘बादल’सहितका बहुमत केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्र गठन प्रक्रियामा सामेल भएपछि राष्ट्रिय भेला बोलाएका हुन् ।

राष्ट्रिय सभागृहमा उद्घाटन गरिने पार्टीको राष्ट्रिय भेलामा सञ्चार माध्यामहरुलाई भने आमन्त्रण गरिने बताइएको छ । राष्ट्रिय भेलाको एजेण्डाबारेमा क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठकमा शुक्रबारदेखि छलफल जारी छ । राष्ट्रिय भेलामा राज्य समिति सदस्य तहसम्म उपस्थित गराउने निर्णय केन्द्रीय समिति बैठकले गरेको पार्टी प्रवक्ता सीपी गजुरेलले बताए ।

तपाइको मत