७ असार, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले मंगलबारदेखि शुरु भएको क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलामा फौजी कार्यदिशालाई राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।
पुनारो बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विहान ९ बजेदेखि नै शुरु गरिने भनिए पनि झण्डै तीन घण्टा ढिला गरी शुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा नेपाली विशेषतामा आधारित सशस्त्र जनयुद्ध नै हुने, तत्काल जनसेना निर्माण गर्ने अवधारणा अघि सारेको भेलामा सहभागी एक प्रतिनिधिले बताए ।
अध्यक्ष वैद्यले आफ्नो प्रतिवेदनमा पार्टी, जनसेना र संयुक्त मोर्चा बनाएर लैजाने, पार्टीलाई भूमिगत संरचनामा लैजानु पर्ने भन्दै पार्टीको कार्यदिशाका बारेमा पनि पार्टीभित्र गम्भीर छलफल चलाउनुपर्ने प्रस्ताव प्रस्ताव अघि सारेका छन् ।
राष्ट्रिय भेलामा ७ सय प्रतिनिधिहरुको उपस्थिति रहेको नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता सीपी गजुरेलले बताए ।