क्रान्तिकारी माओवादी स्थानीय तहको निर्वाचनमा सहभागी हुने

१४ बैशाख ०७४, गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखाका  उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको एक मोर्चा ‘जनगणतान्त्रिक मोर्चा, नेपाल’ले गोरखा नगरपालिकाको प्रमुख अमृत राना, पालुङटार नगरपालिकाको प्रमुखमा भूमिनारायण मल्लको नाम सिफारिस गरेको छ ।

यसैगरी अजिरकोट गाउँपालिकाको प्रमुख तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुख छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपालीको नाम सिफारिस गरेको छ ।

यसैगरी पालुङटार नगरपालिका–६ वडा प्रमुख रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुख हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा नाम सिफारिस गरेको छ ।

क्रान्तिकारी माओवादीका नेता नारायण अधिकारीकाअनुसार दुई नगरपालिका, ९ गाउँपालिका र ९४ वडा रहेको गोरखामा अन्यत्र भने उम्मेदवार घोषणा गरेको छैन् ।

तपाइको मत