क्रिकेटर सन्दीप जेभियर ‘ब्राण्ड एम्बेसडर’

काठमाडौं । आईपीएलमा उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाल फर्किएका क्रिकेटर सन्दीप लामिछाने ‘ब्राण्ड एम्बेसडर’ बनेका छन् ।

क्रिकेटर लामिछाने जेभियर इन्टरनेशनल स्कुल/कलेजको ‘ब्राण्ड एम्बेसडर’मा अनुबन्धित भएका हुन् ।

भृकुटीमण्डपमा सुरुभएको हिसान ‘एजुकेशन फेयर’ का क्रममा उनलाई २ वर्षका लागि जेभियर इन्टरनेशनलको ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरेको हो ।

जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीकाअनुसार लामिछाने अब २ वर्ष अन्य संस्थाको ब्राण्ड एम्बेसडर बन्ने छैनन् ।

ब्राण्ड एम्बेसडरको भूमिकामा रहने क्रिकेटर लामिछानेले जेभियर इन्टरनेशनल स्कूल बौद्ध र कलेज कालोपुलका विद्यार्थीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हौसला बढाउने भूमिका निर्वाह गर्नेछन् ।

तपाइको मत