१२ भदौ ०८०, काठमाडौं । नेपाल र पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा खेल भइरहेको छ ।
खेलको सुरुवातमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखे तापनि नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ ।
कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका थिए ।
पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि अग्रिम शुभकामना दिएका थिए भने नेपाली टीमका क्याप्टेन रोहित पौडेलले खेलको राम्रो तयारी गरिरहेको साथै त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।