२७ फागुन, काठमाडौं । भारतबाट ग्यासको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ ।
आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताए ।
अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ । तर, पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा घाटामा रहेको निगमलाई पट्रोलमा भने १ रुपैयाँ २३ पैसा नाफा छ ।