खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

४ साउन ०७६, काठमाडौं । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । मृतक दुई बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ ।

तपाइको मत