गण्डकीमा एमालेसँग कांग्रेसको प्रस्ताव, १० मन्त्रालय बनाऔें

५ भदौ ०८१, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संकटका बेला दिएका दुई मन्त्रीलाई नहटाउने अडान लिएका छन् । बरु मन्त्रालय संख्या बढाएर १० पु¥याएर नेकपा एमालेलाई सरकारमा समेट्ने प्रस्ताव गरेको छ ।

१७ असारमा नयाँ गठबन्धन बनेपछि केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । बागमती र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्यो भने लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भयो । तर गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी हुनुपर्ने केन्द्रको सहमति छ । यद्यपि अहिलेसम्म एमाले सत्ता बाहिर छ । मन्त्रालय भागवण्डाबारे सहमति जुटाउन दुबै दलका तीनतीन जना रहेको कार्यदल बनेको थियो ।

कार्यदल स्तरमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच छलफल भएपनि सहमति जुटेको छैन ।

स्रोतका अनुसार मुख्यमन्त्री सुरेन्द्र पाण्डेले २ मन्त्रालय लिएर सरकारमा आउन एमालेलाई आग्रह गरेको छ । उनले वर्तमान मन्त्रिपरिषदमा रहेका राजीव गुरुङ (दीपक मनाङ) र फणीन्द्र देवकोटालाई मन्त्रीबाट नहटाउने अडान लिएका छन् ।