१४ साउन ०७९, पोखरा । गण्डकी प्रदेश सरकार आफैँले यातायात सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।
शुक्रबार संसदबाट पारित ऐनले पर्यटकलाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन सरकारले यातायात सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।
सरकारले पर्यटन क्षेत्रलाई नियमन गर्न ल्याएको ऐनले सरकार आफैंले यातायात सेवा सञ्चालन गर्न सक्ने र कुनै संघ, संस्था तथा कम्पनीमार्फत पनि काम गर्न सक्ने व्यवस्था गरेको छ ।
‘प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय यातायातको सुविधा उपलब्ध गराउन आफैं वा कुनै संघ संस्था, कम्पनीमार्फत पर्यटक यातायात सेवा सञ्चालन गर्न सक्नेछ’ ऐनको दफा ३१ मा भनिएको छ ।