गर्मीसँगै सगरमाथा अञ्चल अस्पातालमा विरामीको चाप बढ्यो

२४ जेठ ०७५, राजविराज । गर्मी सुरु भएसंगै स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पातालमा बिरामीको चाप बढेको छ ।

दैनिक १५/२० जना आउने अस्पतालमा गर्मी वढेपछि अहिले दैनिक ५० भन्दा वढी भाइरल ज्वरो, निमोनिया, झाडापखाला, रुघाखोकी र सर्पदशंका विरामीको चाप वढेको हो ।

गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकोले विरामी वढन थालेका आकस्मिक कक्षका अहेव विजय गुरमैताले बताए ।

गर्मीका कारण सर्पको टोकाइवाट घाइते भई उपचारका लागि दैनिक ३ देखि ४जना सम्म आउने गरेको गुरमैताले बताए । बिरामीको चाप वढेपछि शय्याको अभावमा भुुईमै राखेर भएपनि उपचार सेवा प्रदान गरिरहेको छ ।

सर्पदशको घटना वढेपछि अस्पतालमा प्रयाप्त मात्रामा एन्टिस्नेकभेनम नामक औषधी स्टक राखिएको मेडिकल सुपरिडेन्ट डा.चुमन लाल दासले बताए ।

मौसम विज्ञका अनुसार बिहीबार जिल्लाको तापक्रम ३८.८ डिग्री सेिल्सयस मापन गरिएको छ ।

तपाइको मत