गलैँचा-गार्मेन्ट उपशाखाको प्रथम भेला सम्पन्न, चार उपशाखा गठन

 

१९ भदौ ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश मजदुर महाशाखा अन्तर्गत गलैँचा-गार्मेन्ट उपशाखाको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो भेलाले चार उपशाखा गठन गरेको छ ।

बुधबार पेरिसडाँडामा भएको गलैँचा गार्मेन्ट उपशाखाको पहिलो भेलाले ७/७ सदस्यीय उपशाखा ‘क’, ‘ख’, ‘ग’ र उपशाखा ‘घ’ गठन गरेको हो ।

भेलाबाट सुमन अधिकारी उपशाखा ‘क’ को अध्यक्षमा सर्वसम्मत चयन भएका छन् भने सो उपशाखामा भक्त मोक्तान, कृष्ण शिवाकोटी, राजकुमार तामाङ, शम्भु महर, तिलक श्रेष्ठ, रत्नशोभा महर्जन सदस्य रहेका छन् ।

यसैगरी उपशाखा ‘ख’ को अध्यक्ष भिमबहादुर थिङ, सदस्यहरु रवि राई, दिपक राउत, कमल तामाङ, राज तामाङ, मिनबहादुर मगर, भरत आचार्य चयन भएका छन् ।

उपशाखा ‘ग’को अध्यक्षमा हेमन्त राई, सदस्यहरु दिपक लामा, मिना तामाङ, सुरेस मगर, निर्मल तामाङ, नानीमाया पाख्रिन, मिलन मगर सर्वसम्मत चयन भएका छन् ।

सो भेलाले उपशाखा ‘घ’को अध्यक्षमा रामचन्द्र महतो, सदस्यहरु संगिता तामाङ, चन्द्र शोभा, पदम बिडारी, गीता नेपाललाई चयन गरेको छ ।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीको उपत्यका विशेष प्रदेशका उपाध्यक्ष विष्णु कुमारी थापा, सहसचिव एसबी थापामगर, महाशाखा अध्यक्ष शालिक काफ्ले, विशेष प्रदेश सचिवालय सदस्य निरज गोले, रेन्जन लामा लगायतले कार्यक्रममा प्रशिक्षण तथा शुभकामना मन्तव्य राखेका थिए ।

मजदुर महाशाखा अन्तर्गत शाखा कमिटीका अध्यक्ष बिचारी खड्काको अध्यक्षता र उपाध्यक्ष रणेन्द्र सापकोटाको सञ्चालनमा भएको उक्त भेलामा गोमा लामाले स्वागत मन्तव्य राखेकी थिइन् ।

नेकपा (माओवादी केन्द्र)ले उपत्यका विशेष प्रदेश अन्गर्तत रहेको मजदुर महाशाखालाई भूगोल पार्टीमा जिल्ला समितिसरहको कमिटीको मान्यता दिएको छ भने शाखा कमिटीको हैसियत स्थानीय तह वा सो सरह हुने बताएको छ । यस्तै उपशाखा कमिटीको मान्यता भूगोल पार्टीको वडा कमिटी बराबरी हुने गरी गैरभौगोलिक कमिटी बनाएको छ ।