२५ मंसिर ०७६, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरमा पहिलो पटक बत्ती बलेपछि स्थानीय गाउँबासी हर्षित भएका छन् ।
छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रूपमा ‘स्वीच अन’ गरेर सो क्षेत्रमा बिजुलीबत्ती बलेपछि गाउँबासी खुसी भएका हुन् ।
कूल २५ लाख रुपैयाँको लागतमा मोहनपुरलाई विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सदरमुकाम राजबिराजदेखि दक्षिण १५ किलोमिटरको दुरीमा रहेको मोहनपुरमा ३ सय घरधुरी बिजुली बत्तीबिहीन थियो ।
अहिले गाउँपालिकाको सहयोग र नेपाल बिद्युत प्राधिकरण शाखा राजबिराजको समन्वयमा १ केभी ट्रान्सफर्मर जडान गरिएको छ ।














