गुठी विधेयक औपचारिक रुपमै फिर्ता

१० असार ०७६, काठमाडौं । सरकारले विवादित गुठी विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा फिर्ता भएको छ ।

मंगलबारको राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन् । मन्त्री अर्यालले राष्ट्रियसभामा पेश गरेको विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव  बहुमतले पारित भएको हो ।

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को चौतर्फी विरोध भएपछि अघिल्लो साता पत्रकार सम्मेलन गरेर मन्त्री अर्यालले विधेयक फिर्ता गरिने जानकारी गराएकी थिइन् ।

विधेयकले संस्कृति तथा सम्पदामाथि प्रहार गरेको, गुठी मास्ने खतरा बढाएको भन्दै काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन भएको थियो ।

तपाइको मत