३ जेठ ०८०, तनहुँ । गुरुङ-मगर सांस्कृतिक एकता समाज शुक्लागण्डकीको छैठौं अधिवेशनबाट मनराज गुरुङ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् ।
बुधबार शुक्लागण्डकीमा सम्पन्न भएको एकता समाजको अधिवेशनबाट गुरुङको अध्यक्षतामा उपाध्यक्ष चन्द्र थापा मगर, सचिव अमर राज थापा, सहसचिव डिल बहादुर गुरुङ, कोषाध्यक्ष रुपा गुरुङ निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरु यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले निर्वाचित भएका छन् ।
वि.सं. २०४९ मा स्थापना भएको गुरुङ–मगर सांस्कृतिक एकता समाज दुबै समुदायलाई एकतावद्ध बनाउँदै आर्थिक, सामाजिक र राजनैतिक रुपान्तरणमा सहजीकरण गर्ने उद्देश्यसहित अघि बढ्ने नवनिर्वाचित अध्यक्ष मनराज गुरुङले बताएका छन् ।