गुल्मीमा चरणवद्ध आन्दोलनका कार्यक्रम जारी

gulmi

गणेश सारु/१२ पुस, गुल्मी । संविधान संशोधन विधेयकको विरोधमा चरणवद्ध आन्दोलन चलिरहेको गुल्मीमा २६औँ दिन पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

आन्दोलनकै क्रममा सोमबार साँझ ६ बजे आधा घण्टा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले जिल्लामा आधा घण्टा अध्यारो कार्यक्रम राखेका थिए ।

पुस १८ गतेसम्म जिल्लाका प्रत्येक गाविसमा गई स्थानीय जनताहरुद्वारा हस्ताक्षर अभियान संकलन कार्य शुरु गरिएको संयुक्त संघर्ष समितिका सदस्य विरबहादुर कार्कीले बताए ।

केही समयका लागि बन्द फिर्ता भएपनि आन्दोलन फिर्ता नभएको संयुक्त संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

तपाइको मत