१३ फागुन ०७५, काठमाडौं । गृह मन्त्रालयले गृहप्रशासन सञ्चालनको एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
कार्य प्रगतिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो अवधिलाई सिकाईको साथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रुपमा लिएको बताएका छन् ।
भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको नीतिलाई व्यवहारमा ल्याइएको र गृह प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतिहरुको उल्लेख्य मात्रामा न्यूनिकरण भएको गृह मन्त्रालयले जारी गरेको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।
२४ पेज लामो कार्य प्रगति विवरणमा गृहमन्त्रीको मन्तव्यदेखि गृह प्रशासनक सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरिएको छ ।