१२ चैत्र ०७७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्ना बसेका थारु अगुवालाई भेट्न माइतीघर मण्डला पुगेका छन् ।
बिहीबार धर्नास्थल पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन थारु अगुवालाई आग्रह गरेका छन् ।
थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका छन् ।