गृहमन्त्री निधि भन्छन् : हिन्दी भाषालाई संविधानको अनुसुचिमा राख्नु पर्ने

५ असोज, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइराला, रामनारायण मिश्र जस्ता नेताहरुले आपसमा संवाद गर्न हिन्दी भाषा प्रयोग गर्ने गरेको भन्दै हिन्दी भाषालाई संविधानको अनुसुचिमा राख्नुपर्ने बताएका छन् ।

हिन्दी मासिक पत्रिका ‘हिमालिनीद्धारा आयोजित कार्यक्रममा गृहमन्त्री  निधिले भने,  ‘हिन्दी भाषाले पहाड र मधेशलाई जोडेको छ ।’ साथै उनले हिन्दीभाषाले नै नेपाली भाषालाई समृद्ध बनाएको चर्चा गर्दै नेपाली-नेपालीबीचको सम्बन्ध जोड्नका लागि पनि हिन्दी भाषाले काम गरेको दावी गरे ।

सरकारले गठन गरेको भाषा आयोगले पेस गरेको प्रतिवेदनको आधारमा हिन्दी भाषालाई संविधानको अनुसुचिमा राख्ने बताउँदै उनले संसदमा सबैले-सबैको भाषा नबुझे पनि हिन्दी भाषा सबैले बुझ्ने गरेकाले हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा राख्न सकिने बताए ।

सरकारको बहालवाला गृहमन्त्री निधि आफैँले हिन्दी भाषाको वकालत गरिरहेकै छन् तथापि उनले हिन्दी भाषामा गरिने व्यवहार र यसको प्रयोगलाई बढावा दिन सरकारको तर्फबाट राम्रो व्यवहार नरहेको आरोप समेत लगाए ।

तपाइको मत