३० जेठ ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग ट्राफिक प्रहरीले असुल्दै आएको रु. २०० जरिवाना लिने व्यवस्था खारेेज गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री शर्माले मंगलबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।
सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको भनि गुनासो आइरहेको बेला गृहमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर निर्देशन दिएका हुन् ।
ट्राफिक प्रहरीले यअसघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने वा २ सय रूपैयाँ लिएर छाड्ने गर्दै आएको थियो ।
गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा भने लिनु पर्नेछ ।
ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने बताएका छन् ।