२७ असार ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ श्रीलंका प्रस्थान गरेका छन् ।
मंगलबार गृहमन्त्री सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका प्रस्थान गरेका हुन् ।
बैठकमा मन्त्री शर्माले नेपालको समसामयीक गतिविधी, प्रगति र प्राप्त उपलब्धि संस्थागत गर्न भैरहेका कदमबारे जानकारी गराउनेछन् ।
बैठकमा आतंकवाद, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार, लागुऔषध ओसारपसार, साइबर क्राइम लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
मन्त्री शर्माको साथमा गृहसचिव लोकदर्शन रेग्मी र स्वकीय सचिव गोपाल शर्मा ‘अनल’ श्रीलंका गएका छन् । मन्त्री शर्मा आउँदो ३० गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।